Skip to content

आमा अनि अपराधी


रिसमा चुर भएर आमाले गोठका
बाख्रापाठा गाई-वस्तु कुकुर भैंसी पाडा
अनि सबै छाडा झुर पशुचौपायाहरुको
खुट्टामा लठिले हानेर
अपाङ्ग अनि आशक्त बनाइदिनुभयो
दिनभरि ती जनावारहरू त्रसित भैरह्ये
दिनभरि दर्शकहरू लगातार चकित भैरह्ये
अनि सब जीवजन्तुहरू प्रताडित हुँदै गोठबाट
टाढा टाढा गैरहे !

आमा अँझै पनि पीडित भैरहिन
आमा अँझै पनि आक्रोशित भैरहिन
तिनीहरुलाई लखेटिरहिन लगातार लखेटिरहिन!
अनि अन्तिममा भनिन कि

“भरे बेल्का म उनीहरुको खुट्टा पनि यसरी नै भाच्छु
जो जो जड्या वेश्या ज्वाडे गुण्डा अनि अपराधी भएर
अहिले
दादागिरी भट्टी र सडककिनारमा दौडिरहेका छन्
दिनदाहडै हिडिरहेका छन्
मेरै घरको भात खाएर
बौलाएर भ्रष्ट भएका भतुवा कुत्ताहरू
बेरोजगार मेरा छौरा छौरीहरू
भरे साँझ मेरो घर फर्किएर त आउन न
उनीहरुको खुट्टा पनि म तिनै जनावारको जस्तै गरेर बाँच्दिन्छु ।”

बिडम्बना,
तर आमाको कानून पो उनीहरुले सुने कि सुनेनन् ?

आफ्नै सन्तानसँग रिसाएर आमाले आक्रोसित हुँदै
जानवारको खुट्टा सधैं भाचिरहिन
र बारम्बार बौलाएर बर्सौ बर्स एउटै कुरा भनिरहिन कि
उनीहरुको हातखुट्टा पनि म उसै गरी भाँच्दिन्छु

अफसोच
उनीहरू सधा झै उसै गरी दिनदहाडै बजार डुलिरहे
तर आमाले कहिले पनि उनीहरूको खुट्टा बाँच्न सक्नु भएन
न त कहिले कसैलाई सुधार न नै सक्नुभयो
आमाले हार खानुभो !
सरकार!

जिन्दगीभर
के उनीहरू घर नफर्किएर नै हो त?

Leave a Reply

Your email address will not be published. Required fields are marked *