Skip to content

पीडित आमा अनि न्याय


आमा दमको रोगी छिन
दबाइ कस्ले किनिदिन्छ
आमा प्याजको भोगी छिन
प्याजको बजारभाउ कस्ले घटाइदिन्छ ?

आमा।को साझा सेट मोवाइल
अहिले बिग्रिएर !
भत्किएर!
कुनै फ्याक्चर रहर झै
कुनै पम्पचर टाएर जस्तै गरेर
फुटपाथ किनारको ग्यारेजमा लावारिश फ्याकिएको छ
एउटा सुन्दर सपना
कस्ले साकार पार्दिन्छ
मेकानिक !
तपाईंको रिप्यारिङ्ग सेण्टर पसलमा !
डाक्टर साब !
तपाईंको त्यो मेडिकल हस्पिटलमा !
मेरी आमाको अब
बिग्रिएको साझा सेट मोबाइलको
उपचार हुन्छ कि हुदैन?

मेरी आमालाई फेरि पनि अब मर्नुअघि
राजा आएको हेर्ने चाहा छ
ओ ज्योतिष!
ओ आम आद्मी!
तेरो देशमा अब राजा कहिले आउँछ
मेरी आमा भन्नुहुन्छ”

आमा अहिले दिल मन मुटुकी रोगी हुनून्छ
अनि भवनाकी भोकी हुनुहुन्छ
कुण्ठित पागल जस्तै भएकी छिन मेरी आमा अहिले
गायककार !
कलाकार !
अनि
ए कवि !
मेरी आमालाई कविता गीत सङ्गीत सुनाएर
अब अबिरल आराम कस्ले दिन्छ?

मातृभूमिको माटो कुटिल भारतले चोरेर
सीमापार लगेको छ
अस्तित्व लुटेको छ
मेरी आमा
नेपाल आमा!
सर्वोच्च अदालत
अनि अन्तर्राष्ट्रिय न्यायलयमा
आफ्नो अधिकार
र शरीरको सुरक्षाको लागि
रिस र लाजले
ज्युँदो लास जस्तो बनेर
बारम्बार हारगुहार माग्दै ढोका ढक्ढक्याइरहँदा
आखिर !
वकिल !
ओ न्यायाधिस !
ओ सरकार !
अब इन्साफ चाहिँ कहिले र कस्ले दिन्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *