मेरो घरमा एउटा सानू पाठो
जन्मिएको छ
ऊ एकैछिन दौडिएर
कुदेर डोकोहरूसँग लडेर
माउको दूध चुस्न आउँछ
र
चुसिरहन्छ
अनि फेरि ऊ एकैछिनमा गलेर लड्छ
फेरि उढ्छ निरन्तर
उसलाई उस्की आमा उठाइरहन्छिन
क्रमश…
बारम्बार चलिरहन्छ प्रक्रिया….
नेपालमा
म अहिले सोचिरहेछु सरकार
७२ सालको भूकम्पमा ढलेका
ती बुढाघरहरू
किन अँझै उठ्न सकेनन
अस्पतालमा
म अहिले सोचिरहेछु डाक्टर साब
वैशाखी फ्यालेर सुत्नुभएकी
मेरा हजुर आमा
तपाईंको उपचारले किन अँझै उठ्न सक्नु भएन?
