Skip to content


म मेरा आफ्नै रहरहरू
कुम्लो पारेर सहर पसेको हुँ ।
त्यसबेला
मलाई के लागेको थियो भने
म यसरी नै गाउँ बसिरहेँ भने
मेरा रहरहरू हुर्कनै नपाई
आत्महत्या गर्नेछन् ।
मलाई मेरा रहरहरुको माया लागेर आयो
म मेरा रहरहरुको मायामा
म आफै छायामा परेको थिएँ ।

त्यसैले त म
मेरा आफ्ना रहरहरू
कुम्लो पारेर सहर पसेको हुँ ।
मेरा बाले भनेकै हुन् –
छोरा,
तँ जाने सहर त जाली छ
बाहिर झिलीमिली भित्र खाली छ ।
अहँ, मैले पत्याइन ।
मेरी आमाले भनेकी हुन् –
छोरा,
तँ जाने सहरमा मकै, कोदो, धानको बाली छैन
त्यहाँ त जताततै नगदैनगदको बाली छ ।
तँ के खान्छस् रु
तँ भोकभोकै मर्छस् ।
अहँ, मैले पत्याइन ।
म त
मेरा रहरहरुको मायाले
म आफै छायामा परेको मान्छे ।
त्यसैले त म
मेरा आफ्नै रहरहरू
कुम्लो पारेर सहर पसेको हुँ ।
दिन, हप्ता, महिना, वर्षौँ बिते
तर कसरी बिते
अहँ, मैले थाहै पाइन ।
म आज आफ्नै जिन्दगीबाट थाकेर
जिन्दगीकै चौतारीमा बिसाई मार्दै गर्दा
अचानक मलाई
मेरा आफ्नै तिरहरहरुको
कुम्लो याद आयो ।
जब म सहर पसेँ
अहँ, मलाई मेरा रहरहरुको
कुम्लो फुकाएर हेर्ने ख्यालै आएन
म त मेरा रहरहरुलाई हुर्काउन
गाउँ छोडेर सहर पसेको मान्छे ।
दिन, हप्ता, महिना, वर्षौँ बिते
तर कसरी बिते
अहँ, मैले थाहै पाइन ।
म त गाउँमै बसिरहेँ भने
मेरा रहरहरू हुर्कनै नपाई
आत्महत्या गर्लान् भन्ने पिरले
रहरहरुको कुम्लो पारेर
सहर पसेको मान्छे ।
अब भने मलाई
साँचिकै अत्यास लागेर आयो
कुम्लोमा मेरा ती माया लाग्दा
रहरहरुको हाल के भयो होला रु
मैले बिर्सेका ती मेरा रहरहरू
के अँझै जीवितै होलान् रु
मलाई साँचिकै अत्यास लागेर आयो ।
मेरो जिन्दगीको
यो उत्तरार्द्धमा आएर
अहँ,
मैले मेरा तिरहरहरुको
कुम्लो फुकाएर हेर्ने
साहस जुटाउनै सकिन ।
म अचेल हरेक रातको सपनामा
यही देख्ने गर्छु कि –
म गाउँ छोडेर सहर पस्दै गरेको हुन्छु
अनि
मेरा तिरहरहरू आत्महत्या गर्दै गरेका हुन्छन्
अनि म देख्दै गरेको
सपनासँगै निसासिएर ब्यूँझन्छु ।
म मेरो जिन्दगीको
यो उत्तरार्द्धतिर आएर
अहँ,
मैले मेरा तिरहरहरुको
कुम्लो फुकाएर हेर्ने साहस
जति गर्दा पनि
जुटाउनै सकिन ।

– सञ्जय जुग्जाली
बिम – २, म्याग्दी

Leave a Reply

Your email address will not be published. Required fields are marked *