रात्रिकालीन खाना खान
जब, सबै छोरा छोरीहरू भेला भए
तब, केही छिन पछि कान्छो छोरोले भन्यो कि –
“छि! कस्तो नमिठो ! दालमा नून चर्को छ”
तब, अर्को छोरोले भन्यो –
“चर्को हैन तरकारिमा नून कम छि”
क्रमश:
पालैपालो एकएक सबैले छोराहरुले
प्रत्येक पल तितो प्रतिकृयाहरू दिदै गए
तब अन्तिममा:
उनकी एकल एक्ली छोरीले भनिन् –
“भोलिको खाना तेसो भा!
तिमारु आफै पकाऊ
दिनभरिको कामको भारी बोझले गर्दा
रातिको यो भोज भतेर यस्तो भएको हो
ए! आमालाई धेर झर्को नगर त!”
