म लाटा अनि आवाज बिहीनका लागि लेख्छु
हरेक दिन आजादी र स्वाधिनका लागि लेख्छु
चोट ठक्कर खाएर त्यो कम्प्युटर पनि भन्दो हो कि – २
अब टाइपरको लागि हैन म मेशिनको लागि लेख्छु
म लाटा अनि आवाज बिहीनका लागि लेख्छु
हरेक दिन आजादी र स्वाधिनका लागि लेख्छु
त्यो मान्छे स्वय म कहिले कवि वा लेखक बन्न सक्दैन – २
जो जीवनमा सोच्दो सायद लेख एकछिनका लेख्छु
म लाटा अनि आवाज बिहीनका लागि लेख्छु
हरेक दिन आजादी र स्वाधिनका लागि लेख्छु
आँखाले देखेको त जस्ले नि जान्दछ अनि मान्दछ पनि – २
परिकल्पना आदर्श तर्क तथ्य नबिनका लागि लेक्छु
म लाटा अनि आवाज बिहीनका लागि लेख्छु
हरेक दिन आजादी र स्वाधिनका लागि लेख्छु
तपाईं दिनरात कर्म गरेर मरेको मज्दुर किसानलाई सोध्नुस – २
छाती फुलाएर ऊ भन्नेछ म अँझै बाझो जमिनको लागि लेख्छु
म लाटा अनि आवाज बिहीनका लागि लेख्छु
हरेक दिन आजादी र स्वाधिनका लागि लेख्छु
