हामी बसेको यो पृथ्वी घर हैन हाम्रो डेरा हो
अज्ञानता अनि पराधिनताहरुको अधेरा हो
आखिर जञ्जिरमा बाघ जिस्काउने उनै हुन्छ – २
हण्टर हैन त्यो कुत्ताबिल्ली र चराको बचेरा हो
हामी बसेको यो धर्ती घर हैन हाम्रो डेरा हो
अज्ञानता अनि पराधिनताहरुको अधेरा हो
त्यो बौलाह वेश्या बादरले अब एकैतालमा निल्नेछ – २
उसको हातमा दिएको देश हैन चिनिचम्फा केरा हो
हामी बसेको यो बदन घर हैन हाम्रो डेरा हो
अज्ञानता अनि पराधिनताहरुको अधेरा हो
भ्रष्टाचारीको भवन भत्किए राहत एकैछिनमा आउछ – २
सरकार!तैले हेर्नू बार्नु पर्ने त गरिबको जगबेरा हो
हामी बसेको यो जिन्दगी घर हैन हाम्रो डेरा हो
अज्ञानता अनि पराधिनताहरुको अधेरा हो
हुनसक्छ कि मेरी आमा र पृयासीको लागि त – २
यो संसारकै सुन्दर चेहेरा मानौ मेरै चेहेरा हो
हामी बसेको यो जीवन घर हैन हाम्रो डेरा हो
अज्ञानता अनि पराधिनताहरुको अधेरा हो
म भन्छु त्यो दुष्ट देवता अब मेरो आश्रम नआओस – २
मेरो देशका हर बोर्डरहरू लछ्मणरेखाको घेरा हो
हामी बसेको त्यो अन्तरमन घर हैन हाम्रो डेरा हो
अज्ञानता अनि पराधिनताहरुको अधेरा हो
जुन दिन तिमी ब्युझनेछौ,अनि मात्र थहा पाउनेछौ – २
कि त अन्धकार रात हो या उज्यालो सबेरा हो
हामी बसेको यो पृथ्वी घर हैन हाम्रो डेरा हो
अज्ञानता अनि पराधिनताहरुको अधेरा हो !
