Skip to content

प्रेम शान्ति कि स्वतन्त्रता?


मेरी एउटी सुन्दरी छिन्
उनी मलाई यसरी दिनभरि
डुलाउँछिन्
भुलाउँछिन्
घरी मलाई तिमी मेरो नजिक नआऊ भन्छिन्
त घरी चाँडो आऊ डेटमा भन्दै
भेट्न बोलाइरहन्छिन्
कहिले फुर्ती लगाउदै
कहिले दिनभर मेरो आँखाकै नजरमा हेरेर
टोलाइरहन्छिन्
कहिले घुर्की लगाएर
जिन्दगीभर तिमी मसँग नबोल भन्छिन्
कहिले सयको रिचार्ज हाल्दैन भन्छिन्
कहिले भो!पर्दैन चाहिदैन भन्छिन्
कहिले किन रातभर फोन गरेको भन्छिन्
कहिले किन फोनै नगरेको भन्छिन्
कहिले आफ्नै विद्वान गफाडी बुवाआमाले
स्वय म बेरोजगार छोरोलाई गाली गरे झै गरेर
हप्काइरहन्छिन्
कहिले आफू गीत गाएर पछाडि ताली बजाऊ भन्छिन्
कहिले भेट्न अञ्जान कहाँ बोलाउँछिन्
मेरी सुन्दरी स्वय म चुडेलकी परी झै
कहिले डेट्मा चिहान पनि बोलाउँछिन्

कहिले मिस्कल गरेर घर बोलाउँछिन्
अनि एकैछिन्मा फेरि रिचार्ज लिन पसल पठाउँछिन्

हैरान भएर, जिन्दगीभर चक्कर लाएर
निरन्तर
अहिले म सोचिरहेछु खै कहाँ छ जीवनमा स्वाधिनता
खै कहाँ छ जिन्दगीमा स्वतन्त्रता?
म अहिले उनीहरुकै अधिनमा रहेको छु
रहरहरू हुदा नहुदै पनि
अहिले म अञ्जान कसैको पुच्छर भएको छु

कहिले परिस्थितिको
कहिले आफ्नै पृयासीको…!

Leave a Reply

Your email address will not be published. Required fields are marked *