Skip to content


हरेकदिन मैले पकाउने
खानामा केही न केही चामलका असीमित सीताहरू
उघ्रिरहेकै हुन्छ,
सायद उनले मेरोभन्दा अलिकम भात खान्छिन
र सायदै
भान्साका ती भाडाहरुले पनि बुझ्छन तै भएर त
सधैं उङ्को लागि भनेर अलिकति भात
छुट्याएर राखिदिन्छन ।

जब म मन्दिरहरुमा गएर मेरो रहर जस्तै गरेर
गगनमा उढेका एकजोडि ती परेवाहरुलाई
आगनमा उतार्छु,
अनि एक घोगा मकैका दानाहरू छोड्याएर
खान दिन्छु, अनि जानेबेला अन्तिममा
तब तिनीहरू मेरो कानमा आएर सुटुक्क भन्छन कि
“अब एक गोगा मकैका दानाले मात्र
हामी दुइजनालाई खान पुग्दैन ।”

जब म रातमा बिस्तारामा पल्टिएर
निदाउछु,
तब एकाएक मेरो छेउको सिरानबाट
भुवाहरू उठेर एकसाथ
उड्छन,
अनि मैले ओढेको सिरकबाट
रुवाहरू निस्किएर
मेरो सपनीमा आएर
मलाई भन्छन
“हामीहरू हावा हौ
र तिम्रा पृयासिका चिठीहरू झै यादहरुमा उठछोउ,
समाएर राख,
विश्वास छैन भने
नत्र बिहान ब्युझिर हेर
अनि छाम आफ्नो बदन
या ओछ्यान,
जहाँ हामीहरू तिमी उठनु अगाबै
हाम्रो घर हराएर अनि तिम्रा सिरकलाई धेरै नै
फरक कि खालीखाली नाङ्गो झार बनाएर भरे बेलुका,
शीतलहरमा तिम्रा सारा निन्दहरू पनि हराम गर्ने गरी
गैसकेका हुनेछौ
जहाँ तिमी हामीहरुको भेट कहिले पनि हुनेछैन”

ब्यालङ्गकेटभित्रका साला ती बीचित्र मेरा मित्र रुवाहरुले भन्छन यार ।

जब म अधेराहरुमा
नौलाख ताराहरू सम्झन्छु हेर्छु अनि
गन्छु
तब पधेराहरुबाट सारा जुनकिरीहरू आएर
मलाई मेरो मनमा भन्छन कि
“के हेरेको ए केटा? त्यो कालो आकाशमा
तेरो अस्लि चन्द्रमा त अँझै आउनै बाकी छ”

म छानो छदा, मेरो बाल्यकालमा
मैले मुस्किलले
हाम्रो खेतको डिलमा
अनि पाखापखेराका आलि
र फुलबारीभरी रोपेका,
ती मेरा ओठका लालीहरू जस्ता
फूलहरू,
अनि कदमका बोट, र सखुवा सालका बिरुवाहरू
अहिले बुढो खोक्रा रुख भएर
हरेक साल मेरो बुढो बुवाको मुख हेरेर
दुखहरू बिसाएर भन्छ हरे
“ती कलिला हातका एकदम कमला हत्केलाहरू थिए नि ती अहिले कहाँ गए ?”

जब म मेरो घर फर्किएर आउछु
सकि नसकी घासदाउरा बटुल्दै
मेरा तिनै बुढा बा! भन्नू हुन्छ कि

“बिचराहरुलाई आफ्ना बिउबिजन हेर्ने कत्रो ठुलो चाहना थियो,
सानोमा तैले रोपेका सानासाना नानीहरू झै लाग्ने
ती बिरुवाहरू थिए नि;
ती अहिले सबै बोक्राहरू तासिएर
अस्तिको हुन्दरी अनि
भूइँचालामा भत्किएर
कुनै अशक्त मनुवा झै गरी
भूईंभरि बजारिएर
बालुवामा
लढेछन्,”
मेरो बुवा भन्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *