यो जिन्दगी एउटा चुरोट जस्तै रहेछ,
जहाँ हल्का हल्का सुर्ती
र रुवा मात्र कोचिएको छ
भरिएको भुसको बोरा झै
जो अलि खादिएको छ
गतिशील मूर्तिहरू झै
जो आफै चलिरहेछ
सन्त्रस्त रातहरुमा
जीवित भुतहरुको
बिचित्र लासहरू झै
जो आफै जलिरहेछ
र,
जहाँबाट अब नसानसाहरुमा
बिरक्त बिसाक्त दग्ददग्द
धुँवाधुँवाहरू उडिरहेछ
यो जिन्दगी एउटा चुरोट जस्तै रहेछ।
जो आफै जलिरहेछ!
चुरोट भगवाननले नै बनायो,
भग्वानले नै सल्कायो
र,
भग्वानले नै निभायो
म त यहाँ चिटिक्क परेको
एक चमत्कारी चुरोट जस्तै रहेछु
म त यहाँ फगट एउटा चुरोट जस्तै रहेछु
जो स्वय म जलिरहेछ
यो जिन्दगी एउटा चुरोट जस्तै रहिछ
कुनै बेला त्यो प्रेमपागलले
बोटहरू चुडेर
म माथि गाजा भरेर
ताजाताजा धुवाँलोहरुको
लामालामा वायुलहर र तुसारोको
बादलमा
बाफ्फिएर उडेका उसका
तातात्ता सासहरुबाट
सल्काएर मलाई
एक अर्को सर्को भन्दै
रक्सीको प्रतेक चुस्किला स्वाद
अनि चुरोटको चर्को सर्कोहरुमा
मात्तिएर ड्रग्सका नसाहरुले
पोलेर आफ्नै राता ओठहरू
प्रेयसीका हरेक यादहरुसङ्गै
अनायासै मलाई
मदहोश हावाहरुमा
उढाएर सक्काइदिएछ
त्यो लाचार अचानोमा चक्कुहरुले दिएको
चित्कार अनि अनन्त चोट जस्तै भएछु
त कहिले म ती पागलप्रेमीहरुका
सिग्रेटका ठुटा जस्तै भएछु ।
म त यहाँ फगट एउटा चुरोट जस्तै रहेछु ।
परदेशी नोटहरुको लोभमा बेचिएर
र
दलालहरुद्वारा ढाल बनेर
अनि पुजारीहरुबाट
मन्दिरको मङगलदिपहरुभित्र
जो जुठा धुप बनेर बलिरहेछ
अनि दुराग बनेर फैलिरहेछ
भक्त अनि दैवको पवित्र आत्मामा
म त त्यो चम्किलो चन्द्रमामा
लागेको सानो एउटा खोट जस्तै भएछु ।
म त यहाँ फगट एउटा चुरोट जस्तै रहेछु
फूलहरू जस्तै बनेर
कसैले जीवनमा सजिएर
अनि
मनमन्दिरमा पुजिएर
हृदयाङ्ग्कुरण हुने
र
सुरङ्ग अनि अनुराग
आपुर्ती गर्ने रहरहरुलाई
मान्छेहरुले सुर्तिको खेती गरेर
मलाई मेशिनहरुले पेलेर
आगहरुले
अरुको अन्तराङ्ग झोसदिएर
तानशाहहरुले मलाई दोष दिएछन ।
ती कृतिम कलकारखानाहरुले बनाएको
म रिमोर्ट जस्तै भएछु
म त यहाँ फगट एक चुरोट जस्तै रहेछु।
जो आफै जलिरहेछ
यो जिन्दगी
एउटा चुरोट जस्तै रहिछ ।
देशद्रोही आतङ्कवादीहरुले बम बारुद्द पड्काएर
बिस्फोटित धुवाधुलोहरुको मुस्लो उडाए झै
अनि बलत्कारीहरुले बेहोस बनाएर
एउटी कलिली केटीलाई पालै पालो बलत्कार गरे झै गरी रोषरोष
प्रत्येक पटक मेरो प्राणत्व अनि निर्जीवतामा
वेश्यागमन गरेर मेरो अस्मितालाई उनीहरुले
कलङ्कृत तुल्याएछन,
रक्ताम्य हालत लिएर अदालत
अनि चिहानको वायुमण्डलमा
बलात्कृत बालिकाको त्यो मृतात्मा
र आसुहरू बोलिरहेथ्यो
बेअठोट
कि
“म त त्यहाँ
ती भ्रष्टाचारीहरुको प्रतिस्ठित कोट जस्तै भएछु
म त फगट एउटा चुरोट जस्तै रहेछु।”
जो आफै जलिरहेछ,
र जहाँबाट अब नसानसाहरुमा
बिरक्त बिसाक्त दग्ददग्द धुवाहरू उँडिरहेछ,
यो जिन्दगी एउटा चुरोट जस्तै रहेछ ।
