बेकार उता पानी बारम्बार परिरहेछ
झरझर यता आँसु निरन्तर झरिरहेछ
तिमीले छाडेर गएपछि, तिमीले
अरे यार यो मान्छे यहाँ ढलिरहेछ
झरझर यता आँसु निरन्तर झरिरहेछ
बाहिर विशालै वर्षात भए पनि,बाहिर
मानौ कि यो मुटुनेर अग्नि बलिरहेछ
बेकार उता पानी बारम्बार परिरेहेछ
जिन्दगीभर जस्लाई म माया गरिरहे,
अफसोच ऊ अर्कैलाई माया गरिरहेछ
झरझर यता आँसु निरन्तर झरिरहेछ
बाटामा त्यो बुढो गाइ बाआ! गर्छ मियासँग,
हेर्छ र भन्छ अँझै बाँच्छा चौरैमै चरिरहेछ
बेकार उता पनि बारम्बार परिरहेछ
त्यो गाउको गल्ली र यो सहरमा के फरक छ यार
किनारमा हेर जिन्दगी जस्को जिन्दगीभर लडिरहेछ
झरझर यता आसु निरन्तर झरिरहेछ
यी सडकपेटिका मकै देख्दा मलाई यस्तो लाग्छ
अगेनोमा मकै हैनकि बिधुवाकै जवानी जलिरहेछ
बेकार उता पानी बारम्बार परिरहेछ…..
ती झुपडीहरुमा अब बडादशैंं यसरी आउँछ कि
जसरी त्यो गरिब बालुबामा पानी भरिरहेछ
झरझर यता आँसु निरन्तर झरिरहेछ
जुन कुकुरलाई चोरहरुले चोक्टाहरुमा किन्न खोजे,
कारागारमा पुगेपछि थाह पाए, उ प्रहरी रहेछ
बेकार उता पानी बारम्बार परिरहेछ
धुवा,नसा पिए रक्सी जुवा,रण्डी ब्यूँझिए जिन्दगी
र मैले मर्ने बेलामा भने कि त्यो मात्र निदरिरहेछ
झरझर उता पानी निरन्तर परिरहेछ
ऊ मेरो बुवा रहेछ,जस्लाई मैले गोरु भनेर जिस्काए,
आमालाई सोध्दा थाहा भो ऊ घरको हलि रहेछ?
बेकार तेता पानी बारम्बार परिरहेछ
झरझर यता आसु निरन्तर झरिरहेछ
