Skip to content

कोही किन किनारमा रोइरहेछ


क्रिस्मस डेको दिन मलाई चर्चमा आएर
बारम्बार परमेश्वरलाई एउटै प्रश्न सोध्ने
रहर छ कि,
“GoD ! why somone is weaping
On the road ?
जगदीश्वर कोही किन किनारमा रोइरहेछ ?

दरबार नजिकै भाइ एउटा सानु कटेरो
कटेज बनाएर बसेको छ;
आमा जेठा छोराको महलमा बसेकी छिन
उसले दाजुको दरबारमा
आफ्नै आमालाई भेट्न पनि
दशैन्तिहार वा ठुलै उत्सव पर्खिनुपर्छ
या दाजु कुन बेला अफिस जान्छ भनेर
बाटोहरू ढुकेर बस्नुपर्छ
आफ्नै आमालाई भेट्न पनि
करोडपति दाजुको घरमा ठुलै अवसर आउनुपर्छ
Oh ! Brother ! why someone is waiting
on the rod ?
oh ! brother ! why someone is weaping
on the road ?
दाजु ! कोही किन बाटो किनारमा उभिएर
निरन्तर रोइरहेछ ?

दैव पनि कति दुष्ट र निष्ठुर रहेछ
भगवान पनि कति भ्रष्ट रहेछ
यो स्पष्ट छ कि,
बाढीले पनि गरीबकै खेत बगाउँछ
भूकम्पले पनि किसानकै कटेरो लडाउछ:
(ती किसानका सुन्दर टहराहरू भत्काएर
उसलाई ज्युदै चिहानमा पुर्न सक्ने
यो भूकम्प पनि
किन कहिले पनि
ती मसान भुत जस्ता कुरुप भ्रष्टहरुको भवन भत्काउन सक्दैन ?) २
गरीबलाई बगाउन सक्ने
त्यो बेइजती बाढीले पनि
किन कहिले पनि बलत्कारीलाई बगाउन सक्दैन ?
बारम्बार बाँस खोसिएर
गास लुटिएर
कपास त्यातिएर
अनुहारको उज्यालो प्रकाश हराएर
स्वप्नाकासको प्रभाकर सब बिलाएर
जिन्दगीभर कोही
अन्धकार सफरमा घरमा गुज्रिरहेछ
कहिले इन्सान उसको अधिकार लुटिरहेछ
कहिले स्वयम भगवान उसको अधिकार लुटिरहेछ
सरकार !
बारम्बार हार गुहार माग्दै,
कोही किन सडक किनारमा
रोइरहेछ !

यी सरिता नदीहरूपनि बेकार दिनरात
दौडिरहन्छन निरन्तर मरुभूमिहरुमा
बगरमा
सागरलाई भेट्न
तिम्रा भरिभराउ जवानीवाला शरीरको छेवैमा बसेर
उत्तापट्टि
यौवनको प्यासमा
पानीको प्यासमा
कहिले केवल एक घुट्की जलले
आफ्नो घाटि भिजाउने अभिलाषाहरुमा
जिन्दगीभर ज्युदो लास जस्तो बनेर
तिम्रै आसपास जन्मकैद
कोही किन खोलाधारको कारागारमा
तिम्रै मात्र अनुहार हेर्दै लगातार उभिरहेछ ?
ओ ! लज्जित अपराधी नदी !
ओ ! तरङ्गित स्वार्थी सरिता
(अनि ओ अपाङ्गा बहिराहरू हो !
बालुवाहरू उदाङ्गा बगरको किनारमा किन रोइरहेछ
किन कोही किनारमा रोइरहेछ ?
बनेर बारम्बार पीडित
एकसाथ चिरिएर चित्कारको आवाजसहित
कोही किन किनारमा रोइरहेछ ?)२

आज मलाई मन्दिरमा आएर भगवानलाई भेट्ने
रहर छ
मलाई भगवानलाई भेटेर प्रश्न सोध्ने रहर छ
मलाई थहा छ उत्तर आउँछ
मलाई यो मन्दिरको त्यो ईश्वरलाई प्रश्न गर्ने मन छ
मलाई थहा छैन उस्के के भन्छ
मलाई भगवानलाई भेटेर प्रत्यक्ष यो प्रश्न सोध्ने मन छ कि
Oh ! God ! why someone is sleeping on the raod
Oh ! god ! why someone is weaping On the raod ?

जिन्दगीभर सडकविचमा उभिएर
सडकपिचमा उभिएर त्यो पत्थर किन रोइरहेछ
देवता ! ढुङ्गा किन सडकको संसारमा रोइरहेछ
कोही किन किनारमा रोइरहेछ ?
किन कोही किनारमा रोइरहेछ ?
मलाई त्यो मन्दिरको पत्थरलाई सोध्ने रहर छ
तिमी जस्तै त्यो पत्थर किन रोडमा रोइरहेछ
रातभरि पत्थर !
चिसो सडकको सिरेटोहरुमा कठ्याङ्रिएर रुन्छ
दिनभरि दौडिरहेका गाडी र मान्छेले कुल्चिएर रुन्छ
भगवान ! कोही किन चिहानमा रोइरहेछ ?
पत्थर !
रातभर चिसो सडकको सिरेटोहरुमा कठ्याङ्रिएर रुन्छ
दिनभर दौडिरहेका गाडी र मान्छेहरुले कुल्चिएर रुन्छ

मलाई मन्दिरको त्यो पत्थरको भगवानलाई भेटेर
यसकारण आज उत्तरहरू माग्ने रहर छ
किन कि,
हरेक रात बिहान ऊ त सधैं मन्दिरमा हर्दम हासिरहेकै हुन्छ !

Oh ! God ! But
Why somenone is weaping on the raod ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *