Skip to content

त्यो हात्तीले डोरी कहिले तोड्ला


एउटा अग्लो दरबार नजिकै
एउटा महलको मालिकले
एउटा मजबुर मजदुरलाई झै गरेर
दिनभरि रातभरि
एउटा कमसल डोरीहरुको भरमा
जिन्दगीभर यसरी बाँधेर राखेको छ
एउटा बलियो हात्तीको छावालाई
एउटा सानू नाबालक बच्चालाई

जसरी ऊ निरन्तर घुमिरहन्छ वरिपरि
र लगातार एउटा बृताकार परिधि बनाउँछ
बरपर
कारागारहरुमा
एउटा पृथ्वी जस्तै आकार बन्छ
जब ऊ फुत्कन खोज्छ
बाहिर निस्कन खोज्छ
डोरीहरुमा उसको कलिलो घाँटी रँगट्टिएर
रगत तप तप चुहिरहन्छ
तर दिनभरि ऊ घुमिरहन्छ
निश्प्राण निश्प्राण झै
कुनै अशक्त अबचेतन मनुवा झै
बारम्बार लाचार भएर
बन्दनको द्वार चुटाउन खोजिरहन्छ
दिनभरि खुन चुइरहन्छ
दिनभरि उसलाई दुखिरहन्छ
रातभरि अनि
ऊ आमाको काख हराएको बचेरा झै
रोइरहन्छ।

क्रमश
हरेक दिन
ऊ अनबरत प्रयास गरिरहन्छ
क्रमश::
प्रकृया पूर्ववत चलिरहन्छ
क्रमश:
नतिजा यथावत रहन्छ !

जब लामो समयको अन्तरालपछि
ऊ बढेर विशाल बडेमानको हात्ती हुन्छ
तब,
उसले कहिले पनि ती डोरिहरू चुटाउने
ती कठोर कठघराहरुको पाषण फुटाउने
प्रयासहरू गर्दैन
जुन उसको बलले एकैतालमा तोड्न सक्छ
जुन उसको तागतले मलिक र राजाको हालत बडो नाजुक हुन्छ
जुन उसको शक्तिले पहाड अनि हिमाल पनि भत्किन्छ।
जुन उसको बलले समय र रकेटको चाल पनि रोकिन्छ।

तर उसले भत्काउदैन
तर उसले कदापि रोक्दैन

जब जब ऊ जाल त्यातेर
बारम्बार डोरिहरू तोड्ने प्रयास गर्छ
तब ऊ अचानक हण्डर र हार खाएर
लज्जित र लाचार भएर
कुनै अशक्त बिद्रोही झै
कुनै अशक्त कमाण्डर झै
त्यही थुचुक्कै बस्छ।

यसकारण कि,
आफ्नो बाल्यकालमा ! बिगतमा
उसले उस्सैगरी डोरिहरू तोड्न खोज्दा
उसको घाटिबाट तपतप रगत निस्किएको थियो।

उसले त्यसबखत त्यो चोट र चित्कार सम्झिन्छ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *