Skip to content

अचानक मध्यान्हमै रात भयो


अचानक मध्यान्हमै रात भयो
निर्दोष मन मेरो आहात भयो

चिन्न सकिन, प्राथमिकता उसको
साथ दिन्छु भन्नेबाटै घात भयो

सफर रहेछ, हाम्रो दोबाटोसम्म
बाचा मात्र पिपलको पात भयो

सफर एउटै तर, लछ्य बेग्ला-बेग्लै
धुलोयुक्त बाटोमै बरसात भयो

बदलिसकेछ समयको समीकरण
चारमा चार जोड्दा, नि सात भयो

रचना: यज्ञ प्रसाद गिरी
आश्विन ११ गते, २०७६ साल
आनन्दवस्ती, ललितपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *