ए जलकी रानी !
कहाँबाट आयौ तिमी ?
हे जलकी रानी !
तिमीलाई भन्छन् अरे
जताततै पानी
खोल्सीतिर बग्छौ पहिले
पुग्छौ अनि खोला
खोलाबाट नदी बनी
फेर्छौ आफ्नो चोला
सागरमा पुगेपछि
सागर नै नाम
धर्तीलाई बँचाउनु
तिम्रो पैलो काम ।
ललिता ‘दोषी’
बुद्धनगर काठमाडौँ
