ज्यानको माया त्यागेको छै तिमीले
कोरोनाको सामना गर्दै छौ तिमीले
फैलाएर तिमी स्वार्थताको ज्योति
लुटाएर तिमी सेवाको मोती
गरेर तिमी अनेक उपकार
बाँडदैछौ अनमोल उपहार
सेवा गर्नु हो तिम्रो धर्म
रोगीको उपचार हो तिम्रो कर्म
सबको लागि छौ एक समान
यही हो तिम्रो गुण महान्
तिम्रो उचाइले छुवोस् आकाश
कुना कुना छिरोस् प्रकाश
जगले जानून तिम्रो नाम
तिमीलाई छ हाम्रो प्रणाम
पूजाको मन्दिर हो अस्पताल
नवाजको मस्जिद हो अस्पताल
प्रार्थनाको चर्च हो अस्पताल
श्रद्धाको केन्द्र हो अस्पताल
सुयोग अनुप झा
१०-मिथिला बिहारी,प्रदेश न. २
धनुषा,नेपाल
