Skip to content


मन कहिले बुट्टेदार पुतली झैँ
फुरुरु हावामा उड्छ
कहिले धागोमा बेरिएको चङ्गा झैँ
बलैले आकाशतिर उड्न खोज्छ ।
खोलाको कलकलले नि
मन लोभ्याउँछ
पाठोले छुनुमुनु छुनुमुनु गर्दा नि
हाँस्न मन लाग्छ ।
नाच्दै उ
फिदै जुनतारालाई
छुन मनलाग्छ
बाबा भन्नुहुन्छ –
जुनतारा साँच्चिकै छुने भए
धेरै धेरै पढ्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *