Skip to content

कोरोनाको परिवेश


मठ, मन्दिर, मस्जिद, चर्च सबैमा हेर ताला लाग्यो
स्वास्थ्यकर्मी सुरक्षाकर्मीको रुपमा ईश्वर बाहिर आयो
लकडाउनमा घरमै बसौ सबैजना नगरौ लक्षुमण रेखापार
हरेर लग्ला कोरोनाको रूपमा काल रावण आफ्नो दरबार

पंक्षी मस्तमगन भएर घुमिरहेको छ आकाश
पिंजडामा कैद मानव चारैतिर फैलिएको छ त्रास
आपसी दुरीको अवस्थामा छ जिन्दगीको सिरानी
राखौं भरोसा मानेर हर रात पछि आउनेछ बिहानी

हो फैलायो कोरोनाले अस्वार्थताको किरण
तर हेर न यता हुँदै छ सब परिवारको मिलन
हो ल्यायो कोरोनाले मनमनमा डर र त्रास
तर हेर न उता हुँदै छ प्रदुषणको नास

हो छ सहर र देशको कुनाकुनामा लकडाउन
हो नचाहदै हुनपग्यो हार्मो दाजुभाइको निधन
तर हेर न सफा हुँदै छ वातावरण,गाउदै छ कोइली
तर हेर न सबै विशवमा फैलिएको छ मायाको रोशनी

कुनै देशको न कुनै धर्मेको हो यो मानवताको लँडाई
घुमिरहेछ कोरोना रुपी राक्षस वायरस कँसाई
कस्तो विपत्ति आयो अदृश्य रहेको छ दुश्मन
बुद्धिमानी यसैमा घरमै लुकाएर राखौं शरीर

रोगको निवारण,कोरोनाको नास हो स्वास्थ्यकर्मीको धर्म
जगको उत्थानलाई घरमै बसि सुरक्षित रहने हो हार्मो कर्म
खटेछन् चिकित्सक,सुरक्षाकर्मीहरू त्यागी घरआँगन
उनी हुन विश्वको रखवाला देवरुपि गुणी मानव महान्

सुयोग अनुप झा
धनुषा,प्रदेश न. २,नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *