Skip to content

नव वर्ष (नेपाली कविता)

नव वर्ष मंगलमय होस्,
सुख–शान्ति अतिशय होस् ,
वैभव–कुटुम्वकम् कायम रहोस्,
कोरोना भाइरसको अन्त्य होस् ।

सोसल मिडिया दुईधारे तलबार नबनोस्,
सूचनाको खानी यसको सही सदुपयोग होस्,
गलत प्रयोगकर्ताको हातमा यो नपरोस्,
बारुद गोला बन्नबाट यो बचोस् ।।

‘सामाजिक वीरहरु’ संजालमा अग्र मोर्चामा होस्,
‘घृणा फैलाउने दूतहरु’ संधै पछाडी परोस्,
लाईक–डिसलाईकको खेल यसमा अब बन्द होस्,
भावनामा बगेर यसका भिडियो/पोस्ट शेयर नहोस् ।।।

भच्र्युअल संवादहरु सार्थक बनोस्,
द्ववेश–क्लेसको अन्त्य होस्,
सामाजिक दूरी पहिले झै कायम होस्,
स्वार्थ–लोभको अन्त्येष्टि होस् ।।।।

नूतन वर्ष हर्षमय बनोस्,
एउटै छतमूनि घरै–घर नबनोस,
‘हामी र उनीहरु’ को भावको दाहसंस्कार होस्,
‘म र मेरा’ होइन ‘हामी र हाम्रा’ ह्रदय उद्गार बनोस् ।V

(२०७७ वैशाख ०१, शिवनगर निवास, कलंकी, ९ः०० बजे)

Leave a Reply

Your email address will not be published. Required fields are marked *