सरकार आज पनि सर्वहाराहरुको
आवाज लिएर आएको छु म
डाक्टर !
यो संसारभर कहीं पनि उपचार नपाएर
केवल एउटा सानू रोग लिएर, तिम्रो सहर आएर
अनि एकबोतल पानीको प्यासमा
छट्पटिएर बौलाइरहेका
कुनै काकाकुल प्राणीहरू झै
या, हाहाकार मच्चिएर
आहार हराइरहेको कुनै जङ्गगलमा
भोकले तड्पिएर मर्दै गरेका जनावारहरू झै गरी
आज अकाल मरिरहेछन् मान्छेहरू !
दोभानमा गाडीएका
सप्तकोशीको फ्रिज्ड ब्यारेक झै गरेर
सधा बन्देज भएर बसेका अस्पतालहरू
अनि, अस्पतालका ढोकाहरू !
यदि खोल्नु भने ! डाक्टर
कति मान्छेहरू आज अकाल मर्नबाट जोगिन्थे होला?
कालोबजारको भार खेप्न नसकेर
हरियो पासपोर्ट लिएर
सरकार हजुरको आखै अगाडि
बिमानमा बसेर
अनि रङ्गिन आसमानमा उडिरहेको
कुनै नौजवान नेपाली सपनाहरू झै गरी
बेरोजगारका भारी झोलाहरुमा रित्तो नागरिकता बोकेर
महामारिमा हजार मायलको लामो यात्रा तय गरेर
आफ्नो घर परिवारको अनुहार हेर्नलाई
चुडिएको एकजोर चप्पल लिएर
कठोर रोडहरुमा उत्रिएर
खाली खुत्ताहरू
पट्टिपट्टि फुटाएर
अनि पैदल गाउँ गइरहेका गरीबहरू
कमजोर बेसहारा !
अनि सारासर्बहारा श्रमिकहरू ।
पुकार गरिरहेछन् आज
किन यो सरकार
हामी हिड्ने बाटोहरुमा सवार भएर उभिएन?
पोहोर साल यही सहर हुँदै परदेश जादा
नजा भन्न नसक्ने यो देशले यो साल
किन आफ्नै घर जादा पनि जा भन्न सकेन?
कुनै पीडितले आफ्नो न्यायोचित
अधिकारको लागि हारगुहार गरिरहे झै
पुकार गरिरहेछन् उनीहरू केही मागिरहेछन्
विचार गरिरहेछु म
तर, अदालतहरू किन अँझै चुप लागिरहेछ्न
सरकार
उनीहरू केही मागिरहेछन् !
तागत कागज र आहार सकिएर,
हिड्दा हिड्दै बीचबाटोको किनारमा पुगेपछि
थकित भएर
अनि तड्पिएर मुर्छित भै
यदि, उनीहरू नालीमा लढे भने नि
सोचिरछु विचारा त्यतिखेर
उनीहरुको उपचार कस्ले गर्छ?
डाक्टर ! त्यसबेला चाहिँ के अस्पताल खुल्ला रहन्छ ?
सवारीहरू यो सहरहुदै गाउँ जाने गाडीहरू
यसरी नै अनि केवल दुई दिनका निमित्त
यदि, यो नेपाल
खुल्ला रहेको घोषित गर्नु भनी ;
सरकार
सायद, आज यो देशमा
कति हजार
अलपत्र नागरिकहरुको
जीवित उद्दार हुन्थ्यो होला?
