न खुलेका कथाहरू तिमीलाई नै भन्न सक्छु
तिम्रै प्रेरणाले म धेरै बन्न सक्छु
मन कहिल्यै सङ्लेन
जति बहलाउन खोजे पनि,
रोऊ पनि कहिल्यै भएन
कहीं काडाले घोचे पनि
तर आज म तिम्रोसामु
दुखेको कुरा गर्न सक्छु,
तिम्रै प्रेरणाले म धेरै बन्न सक्छु
कस्तो डँढेलो सल्कियो
न रहर बाँचे न भावना,
हिढ्दै नहिंडी कुँजिएछु
कुन श्राप लाग्यो जीवनमा
मेरो हात थामी देऊ मात्र
म अघि बढ्न सक्छु,
तिम्रै प्रेरणाले म धेरै बन्न सक्छु
