Skip to content

विचित्रकै हुँदो रहेछ मानिसको रहर,
सडक व्यस्त हुँदा खुला हेर्ने रहर,
सुनसान अवस्थामा गाडी गुडेको हेर्ने रहर ,
लकडाउनले निम्त्यायो खै के–के पो रहर ।१।

यदि व्यस्त सडक हेर्ने छ तपाईको रहर,
एकैछिन यो दृश्य हेरेर पुरा गर्नुस त्यो रहर,
तर,लकडाउन जारी छ घरबाहिर जाने नगर्नुस् रहर,
लामो समय परिवारसंगै बिताउने पुरा गर्नुस् रहर ।२।

बजार खुल्ला हुँदा, हुँदैन बाहिर जाने रहर,
बन्द हुँदा जाउँ–जाउँ लागि रहने मानिसको रहर,
रेस्टुरेन्ट बन्द छ, त्यता जाने रहर,
खुला हुँदा महँगो भन्दै मार्छ त्यो रहर ।३।

स्कूल, कार्यालय बन्द छ, चाडो खुलोस भन्ने रहर,
खुलेका बेला समयमै नजाने मानिसको रहर,
बस नगुड्दा बसमै चढ्ने रहर,
गुड्दा गाडी सहचालकको दुव्र्यवहारले चढ्नै गर्दैनौ रहर ।४।

टोल, बजार, गल्लिमा मेला हेर्ने रहर,
सप्तौं भयो पुरा हुन नसकेको त्यो रहर,
व्यस्त जीवनमा एकान्त खोज्ने रहर,
लकडाउनले सुनसान बनाउँदा भिडभाड खोज्ने रहर ।५।

(शिवनगर, काठमाडौं, २८ वैशाख २०७७)
नोट : यो कविता तलको लिंक डाउनलोड गरी युट्युबमा पनि सुन्न सकिन्छ ।

1 thought on “मानिसको रहर”

Leave a Reply

Your email address will not be published. Required fields are marked *