Skip to content

छ जिन्दगानी सपना


छ जिन्दगानी सपना सयौँ छन्
व्यथा सयौँ छन् र कथा सयौँ छन्

सुलुक्क निल्दै छ कठोरताले
अतालिएको छ सजा सयौँ छन्

पाइन्न आराम र शान्ति काहीँ
थेग्नै नसक्ने झटका सयौँ छन्

भौँतारिएको छ निकास खोजी
मस्तिष्क भित्रै किचला सयौँ छन्

पोखेर पोखिन्न कदापि पिडा
संवेदले पूर्ण घडा सयौँ छन्

गाह्रो छ पैल्याउन लक्ष आफ्नो
सन्मार्ग रोक्ने पहरा सयौँ छन्

थाकिन्छ सच्चा दिलदार खोजी
सङ्कीर्णतायुक्त दगा सयौँ छन्

(५ अक्षरमा विश्राम)
– कोमल भट्ट
च.न.पा.१३, काठमाडौँ
हाल:-न्युयोर्क, अमेरिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *