आकाश पनि सफा हुन्छ झरी परेपछि
मनको मैलो पखालिन्छ आँशु झरेपछि
जिन्दगीमा सधैं सहज कसलाई कहाँ हुन्छ र
चट्टान तोडी उम्रन्छ पीपल श्रम गरेपछि
कोरोनाले मानवता खतरामा परेको छ आज
पोको पारी लानु के छ र आफै मरेपछि
बन्द गर भ्रष्टाचार यस्तो महाविपत्तिमा
नयाँ सूर्य उदाउँछ कालो रात झरेपछि ।
बर्दिया, नेपाल
