Skip to content

दुई मुक्तक (आउदिन होला फर्केर)


१)
आउदिन होला फर्केर कोरोनाको लहरमा पुगेछु
जताततै देख्छु मान्छेको लास कहरमा पुगेछु
आमा घर आउन पाउँदिन मनमा दुःख नमान्नु है
कर्मको बाध्यताले आज कोरोनाको जहरमा पुगेछु ।

२)
धेरै माया गर्थे मैले तर तिमीलाई छुन सकिन्
दुख कष्टमा तडपिदा अङ्गालो हाली रुन सकिन
कस्तो रहेछ माया प्रीति हाम्रो टुट्न न सक्ने
तिम्रै देहान्तमा आज म मलामी हुन सकिन ।

लाल बहादुर भराली
विश्वनाथ असम ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *