निष्ठुरी तिम्रो यादमा आँशु बनी झरेँ म
तिम्रो स्मृति भुलाउन धेरै डेरा सरेँ म
वसन्तको पल्लवी जस्तै हराभरा थिएँ म
दुखेँ सुकेँ ओइलाएँ अध अर्धमृत परेँ म
तिमी टाढा भए पछि सम्झी रुनुको के अर्थ
फेरि भेट होला भन्ने आशा सरी मरेँ म
मुटुको व्यथा बन्यो मलाई तिम्रो झुटो माया
त्यही माया चोखो सम्झी सयौँ जङ्घार तरेँ म
अधिवक्ता घन बहादुर ए.सी.
बर्दिया ।
हाल महालक्ष्मी न.पा. ९, ललितपुर ।
