Skip to content


ठुलाहरू भन्दै थिए -“सिंहदरबार गाउँ गाउँमा पुर्‍याउछौँ ।”

नभन्दै मौका मिल्नासाथ ठुलाले द्रुतगतिमा गाउँ गाउँमा सिंहदरबार लगे ।

कुनै पनि काम समयमा पूरा नभइरहेकोमा यो काम चाहिं समय अगावै सम्पन्न भएकोमा ठुलाले प्रशंसा ब्यौछार गराए ।

अचम्मित सानाहरूले कुरा बुझेपछि ठुलाका “सुकार्य”लाई स्वागत गरे – लाठीले ।

मैले एउटा फिस्टेलाई सोधेँ । उसले कड्किएर जबाफ दियो -” सुशासन होला । हामी जस्ता भूइमान्छेका काम छिटो छरितो होला भन्ठानेको त भ्रष्टाचार गर्न, जालझेल गर्न पो पठाइएको रहेछ सिंहदरबार त !”

त्यसैबेला -” कुशासन हुन दिन्न म ….”

-“हामीले तिरेको करमा भ्रष्टाचार भएको सहन्नम्….”

-“जालझेल गर्न पाइदैन पाइदैन ….”

सानाहरूको नारा जुलुस जताततै कमिलाको ताँतीजस्तै देखियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *