Skip to content

गाली पनि मिठो हुन्छ


गाली पनि मिठो हुन्छ सुनेपछि मिलाएर
जाली कुरा सत्य भाछन्, बुनेपछि मिलाएर

चोट खाँदा पीडा भुल्छु, चोटैचोट देऊ प्रिय
चोटको माला राम्रै भाछ, उनेपछि मिलाएर

खोट लायौ, दोष दियौ, चोट पीडा कति कति
विरहको दह जम्यो थुनेपछि मिलाएर

आँखा तरी गयौ सखी, आँशुधारा मेरा बगे
शङ्का बढ्यो तानाबाना तुनेपछि मिलाएर

मनले भन्छ अँझै आऊ, बात मारौ पेटैभरि
हिसाब् किताब् फच्चे होला, गुनेपछि मिलाएर

अजित आचार्य
व्यास -९, कलेस्ती, तनहुँ
हाल चन्द्रगिरी -५, मातातीर्थ, काठमाडौ

Leave a Reply

Your email address will not be published. Required fields are marked *