बादलुको च्यादर च्याती
वर्षा बनी र्बिसदेऊ न
पूर्णिमाको जून बनी
शीतल किरण छरिदेऊ न
यो मुटुको ज्वालालाई
शित बनी निभाइदेऊ न
यी आँखाका आँशुलाई
तिम्रा हातले पुछिदेऊ न
यो उजाड जिन्दगीलाई
बहार बनी सम्हालिदेऊ न
यो दुखिरहने घाउभित्र
मलम बनी लागिदेऊ न
प्रेमको पागल भोकलाई
समदिल बनी बुझाईदेऊ न
ब्यथित दिलको तिर्खालाई
जरुवा बनी मेटाइदेऊ न
यो रोइरहने आत्मालाई
मुस्कान बनी हँसाइदेऊ न
मेरो चाहनालाई लुटी चोरी
तिम्रो दिलमा राखिदेऊ न
यी नयनका भाषालाई
गम्भीर बनी बुझिदेऊ न
यी उत्ताउला सुस्केरालाई
प्रेयशी बनी सुनिदेऊ न
परायापनको घुम्टो खोली
परिचित झैं बोलिदेऊ न
हिड्दा हिड्दै थाक्यौ हौली
मेरो दिलमा बिसाइदेऊ न
तिमी सुन्दर फूलमाथि
भँवरा बनी बस्नदेऊ न
अटुटताको बन्धन बनी
मेरो मनलाई बाँिधदेऊ न
पिरतीलाई पैँचो लगी
मायाको बारीमा रोपिदेऊ न
नौलो फलको तृप्तताले
लजाएर मुस्काइदेऊ न
बतासको झोक्का बनी
मेरो निधार चुमिदेऊ न
उषाकालीन घाम बनी
किरण केशले छोपिदेऊ न
शर्म,डरको पर्खाल नाघी
प्रीत कुन्डमा तैरिदेऊ न
छाल बनी आउँला भेट्न्
कमल टिपी पहिर्याइदेऊ न
चञ्चल आँखा नचाएर
नयनबाणले ताकिदेऊ न
छुनुमुनु कमर हल्लाएर
सँगै नाच्न निम्त्याइदेऊ न
गुलावी ओठ कमाएर
शब्दबाणले छेडिदेऊ न
कोमल औंला घुमाएर
ईशाराले बोलाइदेऊ न
जून टिपी सिउरिदिउँला
चुल्ठोलाई सजाइिदन
मुटु चिरी देखाइदिउँला
प्रेमकसम खाइदिन
इति
राजेश अधिकारी

गुलियो श्रीजना
पढिरहन पाइयोस सधा झै उस्तै गुलियो श्रीजना सर