Skip to content


अञ्जुलिमा उबाएर पिऊँपिऊँ पानी
आफ्नै रूपको छाया हेरी छक्कै रूपा रानी

अञ्जुलिको यही पानी आफैं पिइद्यूँ त
आफ्नै रूप पिइन्छ कि? यही पानीसित

अञ्जुलिको यही पानी भुइँमा पोखिद्यूँ त
आफ्नै रूप पोखिन्छ कि? यही पानीसित

काँपिगयो अञ्जुलि त, भुइँमा पर्यो पानी
त्यस्तै फुल्यो फूल पनि, जस्ती रूपा रानी

‘किन्नर-किन्नरी’ पृ १६७

Leave a Reply

Your email address will not be published. Required fields are marked *