Skip to content


सुख दुःख झेल्दै आज कतारसम्म आए
कतारमा धेरै थरी नेपाली समाज पाए
हर्ष अनि खुसी मेरो भनी साध्य छैन
आत्मैदेखि खुशी छु म झुटो बोलको हैन
थाहा भो मलाइ विदेशको जागिर गार्‍हो हुन्छ
तर पनि धेरै जना एकजुट बन्न खोज्नुहुन्छ
व्यस्त समयको बाबजुद पनि
बस्नुहुँदो रहेछ शुक्रबार गनि
यसैगरी जुटीजुटी अघि बढ्नु ्पर्छ
राम्रो कामको अनुसरण अरूले पनि गर्छ
होइन म पराई हजुरकै हो चेली
त्यसैले त गर्दै छु सबै नालीबेली
सबै मिली हातेमालो राम्रो काम गरौ
बोलाउँछन् र जान्छु भन्ने सोचाइ नगरौं
नथापाउनेहरूलाई थाहा दिनुपर्छ
एकबाट अर्को गरी खबर पुग्ने गर्छ
नजुटेकाहरूलाई पनि जुट भन्छु आज
सबै हामी नेपाली हौ के को छ र लाज
एउटै देश एउटै भेष केको लाज डर
विदेशीको विश्वास गरी नपर्नु है भर
राम्रो गर्दासम्म तिनी राम्राजस्ता लाग्छन्
दुःख आपत पर्दाखेरी सबै टाढा भाग्छन्
कमाएको जति हुन्छ बचत गर्नुपर्छ
जथाभावी गर्नेहरूलाई सम्झाउनुपर्छ

– तनहुँ, दमौली
हाल ः दोहा, कतार

http://ekantipur.com/kolnepalinews.php?&nid=192603

Leave a Reply

Your email address will not be published. Required fields are marked *