Skip to content


स्थविरवादी होस् वा महायानी बुद्धशासनमा भिक्षुत्वको महत्व अत्यन्त गम्भीर छ । बुद्धशासनको परिचय दिने उद्देश्यले स्वयं भगवान् बुद्धले बुद्धशासनको परिभाषा यसरी व्यक्त गर्नुभएको छ-सब्बपापस्य अकरण कुशलस्य उपसम्पदा ।

सचित्त परियोदपनं. एतं बुद्धान शासनं ।।

अर्थात् सम्पूर्ण प्रकारका पाप नगर्नु, पुण्य संचय गर्नु तथा आˆनो चित्त परिशुद्ध राख्नु नै बुद्ध शासन (बुद्धको उपदेश) हो ।

यस्तो पवित्र बुद्ध शासन, बुद्ध धर्मलाई रक्षागरी समृद्ध बनाउन क्लेश रहित भिक्षुहरूले मात्र सम्भव छ । यही दृष्टिकोणले प्रेरित भई श्री शान्तिदेव आचार्यले आˆनो अमूल्य कृति बोधिचर्यावतारमा भिक्षुत्वको महìव देखाउनृ सन्दर्भमा आˆनो उद्गार यसरी व्यक्त गरेको छ -शासन भिक्षुतामूल भिक्षुतैव च दुःस्थिता । सावलम्बनचिन्ताना निर्वाणपि दुःस्थितम् । राग, द्वेष, लोभ, मोह नभएका भिक्षुहरू नै बुद्ध शासनरूपी कल्प वृक्षका मूल (जरा) हुन् । हामीले गर्नुपर्ने हामीलाई हित हुने कुरा यो यी हुन्, हामीले छोड्नपर्ने हाम्रो अहित हुने कुरा यी हुन् भनी भगवान्ले दिनु भएको उपदेशलाई बुद्ध धर्ममा बुद्धशासन भन्ने प्रचलन छ । यस्तो बुद्ध धर्मरूपी कल्पवृक्षको मूल (जरा) नै भिक्षुत्व हेा । यही भिक्षुताको आधारमा बुद्धशासन समृद्ध र सम्मुज्ज्वल भई रहिरहने हुन्छ । जसरी कुनै पनि वृक्षको मूल -जरा) बलियो नभइ रूख टिक्न सक्दैन त्यस्तै भिक्षुत्वविना बुद्धशासन पनि टिक्न सँदैन । मजबुत जरा भएको वृक्षमा नै शाखा प्रशाखा आदि हाँगा विँगा, पात, फलफूल र छायाँ आदि उत्पत्ति भई फल चाहनेलाई फल, फूल चाहनेलाई फूल, शितलछहारी चाहनेलाई छहारी आदि दिई प्राणीहरूको समस्या हेरी मर्का हटाई दिन सफल हुन्छन् । भगवान् बुद्धको शासनरूपी कल्पवृक्ष पनि भिक्षुत्वरूपी मूल (जरा) बाटै स्मृत्युपस्थान, सम्यक प्रहृाण, ऋद्धिवाद, इन्द्रीय बल, बोध्यङ्ग, ध्यान, आरूप्यसमाधि, समापत्ति, बोधिपक्षिक, आर्यष्टाङ्गकि मार्ग एवं श्रामव्यफल सम्पन्न भएर आउने हुन्छ । यही कारणले भिक्षुतालाई बुद्धशासनको मूल जरा हो भनी रूखसँग तुलना गरिएका छन् । यस्तो महìवपूर्ण बुद्ध शासनका मूल भिक्षुहरूलाई निम्न पाँचवर्गमा वर्गीकरण गरिएको छ । संज्ञाभिक्षु-भिक्षु भन्ने केवल नाम मात्र भएको आचरण सम्पन्न नभएका भिक्षुलाई संज्ञाभिक्षु भनिन्छ ।

-प्रतिज्ञाभिक्षु-केवल म भिक्षु हुँ भन्ने प्रतिज्ञा मात्र गर्ने भिक्षुलाई प्रतिज्ञाभिक्षु भनिन्छ ।

-भिक्षणशिल भिक्षु-केवल जीवन निर्वाहका लागि भिक्षु बन्ने भिक्षुहरूलाई भिक्षणशिल भिक्षु भनिन्छ ।

-ज्ञप्तिचतुर्थकर्म वा उपसम्पन्न भिक्षु-चार प्रकारका ज्ञिप्त -सूचना) कर्मद्वारा उपसम्पदा प्राप्त गरेको भिक्षुलाई ज्ञप्ति चतुर्थकर्म वा उप सम्पन्न भिक्षु भनिन्छ ।

-भिन्न क्लेश भिक्षु-क्लेस (राग, द्वेृष, लोभ, मोह) सम्पूर्ण छिन्न भिन्न पारी निष्क्लेश भइसकेको भिक्षुलाई भिन्न ल्केश भिक्षु भनिन्छ ।

-यसरी उपर्युक्त तरिकाले समस्त महायानी एवं स्थविरवादी भिक्षुहरूलाई पाँच वर्गमा वर्गीकरण गरी सच्चा भिक्षु र उहाँहरूको भिक्षुत्वको दिग्दर्शन गराइएको छ । यी पाँच प्रकारका भिक्षुहरू मध्ये ज्ञप्तिचतुर्थ कर्म सम्पन्न भिक्षुलाई र भिन्न क्लेश भिक्षुलाई मात्र सच्चा भिक्षु भनी आदर गरिन्छ । अरू तीन प्रकारका संज्ञा भिक्षु, प्रतिज्ञाभिक्षु, भिक्षणशिल भिक्षुहरू त केवल नाम मात्रका उद्योगी हीन अल्सी भिक्षुहरू हुन् ।

-बुद्धधर्ममा नक्कली तथा नाम मात्रका ढोंगी भिक्षुहरूको उपस्थितिले बुद्ध शासनको पतन हुन सक्छ । केवल ज्ञप्तिचतुर्थकर्म सम्पन्न भिक्षु र भिन्न ल्केश भिक्षुले मात्र बुद्ध शासन स्थिर राख्न समर्थ हुने कुरामा दुईमत छैन । तर यी दुई भिक्षुमा पनि भिन्न क्लेश (क्लेश रहित) भिक्षु नै सबभन्दा प्रधान र मुख्य भिक्षु हुन् । भिक्षुको सदाचार, विनयलाई नै भिक्षुता भनेका हुन् । चतुःआर्यसत्यको साक्षात्कार र ज्ञान मात्र भएर भिन्न ल्केश भिक्षु बन्न सकिँदैन । भिन्न क्लेश भिक्षु बन्न अर्थात् राग, द्वेष, लोभ मोह आदि नाश गर्न अनुपलम्भ, अनालम्बन चित्त हुनु अत्यन्त जरूरी छ । सालम्बन चित्त अर्थात् म, मेरो शरीर, मेरो बेदना, मेरो वस्तु भन्ने आसक्ति भएको व्यक्तिका लागि भीक्षुत्व र निर्वाण दुराशा बाहेक केही होइन । जसरी म, मेरो भन्ने चित्त भएका भिक्षुले भिक्षुत्व एवं निर्वाण प्राप्त गर्न सक्दैन । ठीक त्यस्तै म र मेरो भन्ने अहंकार भएका योगी एवं दीक्षागुरु बज्राचार्यहरूले जस्तो सुकै योग तन्त्र, मन्त्र गरे पनि योग साधनाको प्रचार प्रसार गरे पनि बुद्धशासनलाई रक्षा गरी राख्न नसक्ने हुन्छन् । किनभने सच्चा बुद्धशासन भनेकै सब्ब पापस्य अकरण कुशलस्य उपसम्पदा हो ।

-आज नेपालमा स्वदेशी एवं सहयोगबाट प्रतिदिन धेरै विहार आराम, एवं विदेशी गुम्बाहरू प्रचुर मात्रामा निर्माण भइसकेका छन् । यस्ता विहार गुम्बा आदि प्रायः प्रमुख भिक्षु भिक्षुणीहरूकै निजी सम्पत्तिका रूपमा बुद्धशासनको उपहास गर्दै विकसित हुँदैछन् । यतिमात्र होइन, कुनै पनि देश विदेशमा वर्चस्व भएका भिक्षु भिक्षुणीहरूका निर्वाण पश्चात् उहाँहरूका सम्पत्ति कहीं कतै सार्वजनिक गरी जनकल्याणार्थ प्रयोग गरेको सुनिदैन । वास्तवमा यसरी चन्दा, भेटी, दक्षिणा आदिबाट सङ्ग्रह गरिएका सम्पत्ति जन कल्याणार्थ प्रयोग गरिनु आजको आवश्यकता मात्र होइन बुद्धधर्मको परम मर्म पनि हो । करमुक्त यी संज्ञाभिक्षु, प्रतिज्ञा, भिक्षु र भिक्षणशिल भिक्षुहरूको अकुत सम्पत्ति परिवारजनलाई पोषेर जानु बुद्धशासनको नितान्त गलत प्रयोग बाहेक केही होइन नभनी सुखै छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *