
धमिला राता दागहरू
आशाका किरणहरु छरिरहेको
न्यानो घाममा बसेर
एकदिन मेरा कल्पनाहरुलाई मैले
सगरको विशाल तलाऊमा सयर गर्न दिएँ
र हराएँ वादल पारी पारी सम्म …
सगरमाथाको उचाइमाथि पुगेर म टक्क रोकिन्छु,
र नियाल्छु- नदी नाला हिमाल पहाड़ र हरिया जंगलहरु,
लेक, बेसी, मैदान, वगर, किनार र सागरको गहिराई,
र अनुभूत गर्छु धरती, नभ, ब्रम्हाण्ड र प्रकृति।
सधै झै यसपाली नि मौसमले बाह्रमासे थुंगाहरु लिएर आएका थिए
मेरो दृश्यको आँगन भरी भरी
प्रकृति फक्रिएको थियो ।
खेत बारी, मान्छेले कोरेको माटो अनि बाटो
र उसले गाएको गीत, अहा! कति धेरै सुहाएको
प्रकृति संगको उसको आत्मीयता र उसलाई प्राप्त
यी अनमोल खजाना र उपहार
शायद ईर्ष्यालु भएर मनमनै मैले भने
मान्छे तं कति भाग्यमानी ?
हो यहिबेला आज
मात्र यो पल, धर्तीको छाती माथी
रगतको सांध कोर्न हिडेका
अन्त्यहिन जुलुशको कुरा गर्न मन भएन
विद्रोह र समर्थनका रयाली,
सैनिकका जत्थाहरु, विध्वंसकारी ट्यान्कका लाम
वा गंतव्यहीन दिग्भ्रमित संवत्सरका लश्करसंग
केही गुनासो गर्न मन भएन
हो आज म वहारमा रम्न चाहन्छु ।
रगतको प्यास बोकेको
तिम्रो राजनितिक रणभूमि र
रुखो माटो संग र
हरघडी विश्फोटनको आवाज़ले तर्सन अभिशप्त
तिमीहरुसंग पनि मौसम अनि प्रकृति
कहिल्यै उदासीन भएनन ।
बरु क्षेप्यास्त्र र युद्धक विमानहरुको पृष्ठभूमि
निलो आकाश पारी
फेरी आशा र उमंगका क्षितिजहरु उघारीरहे
उब्जीरहे अन्नहरू, भरिई रहे किसानका भकारीहरु ,
तिमीले कैद पारेको गमला मै सही
फुलिरहे खुसीका फुलहरु ।
हो भाचिएपनि, चुँडिएपनि प्रकृति पलाउँछ
प्रकृति आशा हो,
म त्यही लेख्न बस्छु ।
सागरको लहरसंग खेलि सकेर
समथर तराईबाट उक्लँदै पहाड़का थुम्काहरु
र ठोक्किदै हिमालको चिसोपना सँग
निरन्तर बगि रहने यी चंचल हावाका झोंकाहरुको कुरा गर्छु
जो कहिल्यै भन्दैनन
म दुखेँ –बारूदको पिरो गन्ध संग मिसिएर .
वा म घाइते भएँ –राँको र टायरका धुंवाले ।
ए मान्छे ,
म आज रक्ताम्य गह्रारुको कथा बिर्सिन्छु,
र लेख्छु भन्छु -जस्माथी क्रान्ति जस्तै एक एक गर्दै
छपक्कै उम्रिएका सुन्दर फुलहरुका कुरा,
पहेला टुसाहरुका कुरा र हरिया मुनाहरुका कुरा,
अनि सधै उत्साह बोकेर उदाउने प्रभातका कुरा ,
जसले मेरो आँखाको गुलुबभरी स्वर्णिम रंग पोतेका छन ।
कल्पनाको निलो सगरतल
इन्द्रेणी रंगका यी प्रसूनहरु
मलाई घामको झुल्को जस्तै लाग्छन
म हेरी रहन्छु ।
धेरै पछि पृथक मुडमा
फूलको सौंदर्यको बयान गर्न खोज्छु
ती नदी पहाड़ र हिमालका चित्र कोर्न थाल्छु
मनको आँखा भरी भरी,
रंगाउन चाहन्छु प्रकृतिको रंग मेरो कवितामा ।
हठात
स्वप्नभंग भए झै अनायास झस्कन्छु,
कानैमा बज्रिएको चर्को नाराबाजीको कोलाहलले
खै कहाँ कहाँ बाट मेरो निलो क्यानभासमा
राता र धमिला रंगहरु बेढंगले लत्पतिन्छन ।
संगै जोडिएको पूर्ण संप्रेषण यहाँ थिचेर पढ़न सकिन्छ

हो भाँचिए पनि, चुँडिए पनि
हो भाँचिए पनि, चुँडिए पनि प्रकृति पलाउँछ
प्रकृति आशा हो
म त्यही लेख्न बस्छु ।
कति सुन्दर शब्दहरु जम्मा गर्नु भयो कृष्ण जी ?
सुनिल संगम
आशाका किरणहरु छरिरहेको
न्यानो
आशाका किरणहरु छरिरहेको
न्यानो घाममा बसेर
एकदिन मेरा कल्पनाहरुलाई मैले
सगरको विशाल तलाऊमा सयर गर्न दिएँ
र हराएँ वादल पारी पारी सम्म …
हठात
स्वप्नभंग भए झै अनायास झस्कन्छु,
कानैमा बज्रिएको चर्को नाराबाजीको कोलाहलले
खै कहाँ कहाँ बाट मेरो निलो क्यानभासमा
राता र धमिला रंगहरु बेढंगले लत्पतिन्छन ।
कृष्ण जी , क्या मिठो सँग कवी हृदय को वर्णन गर्नु भयो अनि एउटा कबिता यसरि सुरु भएर यसरिनै अन्त्य हुन्छ कबिता अनि कबिको मन ।
पढि दिने मान्छेको प्रतिक्रया
पढि दिने मान्छेको प्रतिक्रया हौसला र प्रेरणाले कति ठुलो भूमिका खेल्दो रहेछ भन्ने कुरा सोचिरहेछु ! अझ त्यसमा अग्रजहरुको अंतर्क्रियाले त झन टोनिकको नै काम गर्ने अनुभव यो लेखकको छ ।धेरै धेरै धन्यवाद सुनील जी र दिनेशजी !
really ekdamai ramro tesmathi
really ekdamai ramro tesmathi canvas ko ta bayan gari sadye nai 6aina.
yestai aru pani herne ra padne aasha ma 6au hai krishna jiiiiiiiiiiiiiiiiiiii
nabin_yatri@yahoo.com
सुनिलजीले भनेजस्तै यी तीन
सुनिलजीले भनेजस्तै यी तीन हरफले सबभन्दा शक्तिशाली मेसेज (सन्देश) छोडेको छ।
हो भाचिएपनि, चुँडिएपनि प्रकृति पलाउँछ
प्रकृति आशा हो,
म त्यही लेख्न बस्छु ।
हामीले भन्दा युद्ध तपाईंले नजीकबाट देख्नुभएको छ। अनुभूतिहरू यसरी नै लेखिराख्नुस् है! आखिर जे-जेको लागि लडे पनि, जस-जसको लागि लडे पनि, जो-जो लडे पनि युद्ध एक वहियात खेल हो भन्ने शान्तिको सन्देश सबैलाई मिलोस्। युद्ध कुनै पनि कुराको विकल्प हुन सक्तैन।
मझेरीमा छापिएका यी “सीङगमरमर
मझेरीमा छापिएका यी “सीङगमरमर का टायलहरु” सधैँ चम्किरहुन् , निरन्तर- निरन्तर। शान्त आकाशरुपी निलो क्यानभासमा बेढङगले पोतिने राता र धमिला रंगहरु मेटिनै पर्छ । लेखकको कल्पनाशक्ति र प्रश्तुति सारै राम्रो लाग्यो । क्रिष्णजी र मझेरी दुबैलाई धेरै धन्यबाद ।
नबीनजी, आलोकजी अनि कुमारजी
नबीनजी, आलोकजी अनि कुमारजी लाइ धेरै धेरै धन्यवाद !
कृष्ण जी,
साह्रै मन छोयो
कृष्ण जी,
साह्रै मन छोयो ।
रगतको प्यास बोकेको
तिम्रो राजनितिक रणभूमि र
रुखो माटो संग र
हरघडी विश्फोटनको आवाज़ले तर्सन अभिशप्त
तिमीहरुसंग पनि मौसम अनि प्रकृति
कहिल्यै उदासीन भएनन ।
बरु क्षेप्यास्त्र र युद्धक विमानहरुको पृष्ठभूमि
निलो आकाश पारी
फेरी आशा र उमंगका क्षितिजहरु उघारीरहे
उब्जीरहे अन्नहरू, भरिई रहे किसानका भकारीहरु ,
तिमीले कैद पारेको गमला मै सही
फुलिरहे खुसीका फुलहरु ।
प्रकाश