
कसले कोसँग के पो लिन्छ,
कसलाई कसले के पो दिन्छ,
त्यसैले थोरै भएपनि हाँसौं,
त्यसैले थोरै भएपनि हँसाऔं,
सम्बन्धमा यही त हुन्छ,
हाँसौं र हँसाउने प्रयास गरौं ।१।
कसले कोसँग के पो लिन्छ,
कसलाई कसले के पो दिन्छ,
त्यसैले थोरै भएपनि खुशी साटौं,
त्यसैले थोरै भएपनि मुस्कान बाँडौं,
सम्बन्धमा यही त हुन्छ,
खुशी र मुस्कान सटासाटको प्रयास गरौं ।२।
कसले कोसँग के पो लिन्छ,
कसलाई कसले के पो दिन्छ,
त्यसैले थोरै भएपनि आफन्तलाई सम्झौं,
त्यसैले थोरै भएपनि शुभचिन्तकलाई याद गरौं,
सम्बन्धमा यही त हुन्छ,
सम्झना र याद गर्ने प्रयास गरौं ।३।
कसले कोसँग के पो लिन्छ,
कसलाई कसले के पो दिन्छ,
त्यसैले थोरै भएपनि पीडा हरणकर्ता बनौं,
त्यसैले थोरै भएपनि मरहम बनौं,
सम्बन्धमा यही त हुन्छ,
पीडा हरण गर्ने र मरहम बन्ने प्रयास गरौं ।४।
कसले कोसँग के पो लिन्छ,
कसलाई कसले के पो दिन्छ,
त्यसैले थोरै भएपनि सहयोग गरौं,
त्यसैले थोरै भएपनि साथ देऔं,
सम्बन्धमा यही त हुन्छ,
सहयोग र साथ दिने प्रयास गरौं ।५।
कसले कोसँग के पो लिन्छ,
कसलाई कसले के पो दिन्छ,
त्यसैले थोरै भएपनि संवाद गरौं,
त्यसैले थोरै भएपनि मनको बह बुझौं,
सम्बन्धमा यही त हुन्छ,
संवाद र मनको बह बुझ्ने प्रयास गरौं ।६।
- दिनेश यादव
