
मान्छे ! किन ? यति निर्दयी हुँदै छ ।
मान्छे ! किन ? यति कठोर हुँदै छ ।
बोली उस्तै रुखो छ,
व्यवहार उस्तै तुच्छ छ,
मानवता उस्तै निर्मूल छ,
सहनशीलता मरेको छ,
मान्छे ! किन ? यति निर्दयी हुँदै छ ।
मान्छे ! किन ? यति कठोर हुँदै छ ।
साम, दाम, दण्डभेद धनमा छ,
हृदयमा हरी हराएको छ,
काम विनाको सम्मान चाहिएको छ,
समझदारी हराएको छ,
मान्छे ! किन ? यति निर्दयी हुँदै छ ।
मान्छे ! किन ? यति कठोर हुँदै छ ।
एकले अर्को मास्न तल्लिन छ,
फलेको हाँगा भाच्च तल्लिन छ,
कोपिला निमोठ्न उद्दत छ,
मान्छेमा उद्दन्ड अदभुत छ,
मान्छे ! किन ? यति निर्दयी हुँदै छ ।
मान्छे ! किन ? यति कठोर हुँदै छ ।
जीवन मर्ने कुरा उसलाई पनि थाहा छ,
जीवन मरेपछि नाङ्गै घाटमा लाने पनि थाहा छ,
सम्पति घरमा नै छोरी बाँसमा जाने पनि थाहा छ,
अर्कैले घोची घोली पोली पानीमा फान्ने पनि थाहा छ,
र पनि
मान्छे ! किन ? यति निर्दयी हुँदै छ ।
मान्छे ! किन ? यति कठोर हुँदै छ ।
हेम जङ्ग कार्की
चिसंखुगढी ८, माम्खा, ओखलढुङ्गा
