Skip to content

अब त्यस्तो समय होस

अब त्यस्तो समय होस
कमजोरको विजय होस

सुमधुर धुन गुञ्जियोस
जहाँ, प्रचुर सुर र लय होस

यो दुनियाका दुखद घटनाहरू
सबका सब अभिनय होस

पाप अनि अपराध गर्नुअघि
अलिकति भगवानको भय होस

आऊ मलाई केही कुरा सुनाऊ
तर गम्भीर अलि विषय होस

यो अज्ञानताको भूमरीमा के छ
निश्चय, अचानक ज्ञानोदय होस

जुन कुरो कहिले पनि बद्लिदैन
त्यो स्वीकार या सहय होस !

अब त्यस्तो समय होस
कठोर कोरोना पराजय होस ।

1 thought on “अब त्यस्तो समय होस”

  1. हरि+मोहन

    आहा अति नै सुन्दर रचना सर यति मीठो सृजना को लागि धन्यवाद

Leave a Reply

Your email address will not be published. Required fields are marked *