Skip to content


सधै,
बिहान डुब्छु
एक कप चिया अनि
एक अखबरमा
दिउसो डुब्छु
हाकिमको गाली अनि
सेक्रेटरीको प्यारमा
साझ डुब्छु
रक्सीको प्याला अनि
रक्स्याहा यारमा
रात डुब्छु श्रीमतीको बाहूपासमा
बेहोसीको तालमा
हाय,
यसरी नै बित्दैछ जीवन
दिनदिनको अन्तरालमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *