Skip to content

चिहानबाट सन्देश

  • by

कालरूपी भाइरसको परी संङ्क्रमणमा
हामी हप्ता दश दिनको अन्तरालमा
प्रवेश गरिसक्यौँ, हामी यमलोकमा

इच्छा र चाहना खरानीझैँ उडाउँदै
उदास भई चिहानको कित्ता समाउँदै
धर्तीमातासँग सदाको लागि भयौँ विद्या
आशा केही राख्दैनौं पाउन कुनै सिदा
हामी पूर्णरूपले निर्दोष र निरीह थियौं
जीवनलाई गर्दै इतिश्री चिहानको वास लियौँ
परिवारजन, समाजबाट बिछोडको हात दियौं

०००

विज्ञानले चन्द्रमा निवासको आशा गर्दै थियो
विज्ञानकै हाँगाले अनिष्ट भाइरस उब्जाइ दियो
बाँचेकाहरूले निष्पक्ष, सही न्याय नजर पाऊन्
उचित उपचारको प्रभावले ज्यान जोगाऊन्
बाँचे पनि रोगबाट, भोकले हामीतिर नसरून्
राज्यहरूले उच्च कोटी सद्भावको बिउ छरून्
बाँच्नेहरूको आशा उत्साहपूर्ण भइरहोस्
निराशाले टाउकाको रौं रत्तिभर नझरोस्
घटे पनि संख्या हाम्रो धर्ती सदा लम्किरहोस्
फेरि यस्तै रोगले धर्ती खाली नगरोस् ।

०००

धनाढ्यको धनले सेवामा मन फैलाओस्
प्रविधिको प्रतापले भाइरसको अन्त्य होस्
भूगोलहरू सानाठूला जेजस्ता भए पनि
राष्ट्रहरू धनी गरीब कंगाल जेजे भए पनि
विश्वभरका मानिसहरूबीच मानवता उही
मानवताको नाता चलिरहोस् घडीको झैँ. सुई
सम्झना हाम्रो रहिरहोस् विश्वघर माझ
चिहानको चिरायू बाँचिरहोस् बनेर सधैँ आज
नआत्तिकन बाँच, बाँच्न सिकाऊ मानिव जाति
पूरा आयु सकाएर आउनू है हाम्रै चिहान माथि ।

०००

हाम्रा साना नानी बाबुहरू स्कुल जान पाऊन्
बुढाबाआमाले तातो झोलखोले खान पाऊन्
छिमेकीका दयालु नजरले यताउता हेरून्
उर्जाशील युवाहरू कामविहीनताले नरोऊन्
यही छ हाम्रो हार्दिक कामना सबैसबैमा
नफाल खेर अमूल्य घडी हाम्रो शोकमा

०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *