यो मनले मागेको तिमीलाई पाएँ मैले
खोजीखोजी हृदयमा तिमीलाई सजाएँ मैले ।
कृष्णजीको मुरली नि कति बज्थ्यो खेतबारी
तिमीलाई पाउन मुरलीको गीत गाएँ मैले ।
बाबुआमा त्यागी मैले घर छोडी हिँडे
चौबाटो र दोबाटोमा तिमीलाई धाएँ मैले ।
क्षितिजपारि आँखा पुग्थे कहाँ छौ भनी
तिम्रैलागि ढोका खोल्न ताल्चा चलाएँ मैले ।
रामकी सीता जस्ती छौ तिमी भनीभनी सधैँ
मन गएन दोधारमा तिमीलाई चाहेँ मैले
इष्टमित्र परजन दाजुभाइसँग
मरे अमर बाँचे साथ क्रान्ति चलाएँ मैले ।
-श्रीघले उत्तरकन्या मा.वि. , लमजुङ
