परेवा शान्तिका उडाउँदै हिँड्छ यो गजलकार
गोली शब्दका पड्काउँदै हिँड्छ यो गजलकार
युद्ध जित्न शब्दकोशबाट शब्द गोली जम्मा गरी
पाखा पखेरा थर्काउँदै हिँड्छ यो गजलकार ।
युद्धभूमि यसको कापीको पाना नै त हो
असत्यका खम्बा चर्काउँदै हिँड्छ यो गजलकार
नयाँ नेपालमा नयाँ सभ्यताको विकास गर्न
जागरणका गीत गाउँदै हिँड्छ यो गजलकार
‘मधु’ हारेर पनि आत्तिदैन पर्खन्छ विजय
खोसिएका अधिकार फर्काउँदै हिँड्छ यो गजलकार
