Skip to content


बिहान सूर्य उदाउँछ
बेलुकी यो अस्ताउँछ
वर्षा, शरद्, हिउँद
समयमा आउँछ ।
फूल फुल्छ कोपिला
फक्रिएर बैलाउँछ
खोला बग्दै गएर
आफ्नो बाटो पैल्याउँछ ।
बाबुनानी तिम्रो यो
उदाउने बेला हो
फुल्ने-फल्ने बेला हो
सिक्ने-पढ्ने बेला हो ।
यस्तो बेला बुझेर
बन्नुपर्छ ज्ञानी है
आजभन्दा भोलि झन्
बानीलाई सुधार र्है ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *