Skip to content


जुनेली रात लेऊ गुलाफी प्रभात लेऊ
आज मनको अनुरोधमा माया सौगात देऊ

लहराझँै मुस्कुराउँदै सुवास छर्दै छर्दै आऊ
छहराझैँ रमाउँदै मिठास भर्दै भर्दै गाऊ
भड्कियोस् चिसो बतास गुञ्जियोस् धर्ती आकाश
रङ्गीन सपनासँगै पिरतीको मात देऊ

बैंसालु नयनमा म देखि रै’छु प्यारो घाम
मायालु यो मनमा म लेखी रै’छु तिम्रो नाम
छचल्कियोस् मीठो उल्लास सङ्ली रहोस् प्रेमको मिजास
बुझेर चाहना लहै धुकधुकीमा बास देऊ

Leave a Reply

Your email address will not be published. Required fields are marked *