म परिस्कृत बन्दै
एकान्तमा हराएर
एकतमासले उनको रूपमा
मन्त्रमुग्ध भएर हेरिरहेछु
सामाजिक कौतुहलतादेखि
कतै क्षितिजको समीप रहेर
भौतिक सँसार भन्दा
आध्यात्मिक सँसारमा
विलिन हुन सक्ने गरि
भावनात्मक प्रतिविम्वहरूलाइ
हृदय भित्र सजाएको छु
म तिम्रो साँसारिकतामा
आधुनिकताको छविलाइ
कदापि हावी हुन नदिन
सदा सतर्कता अपनाएर
पवित्रतालाई गौंण ठान्दैछु
समयको यो कालचक्रले
यी दुई शरीरलाई
ध्रुवीकरण गरेता पनि
मन मस्तिष्क र अन्तर हृदयदेखि
सधै एउटै सिक्कामा राखेको छु
तैपनि
म तिमीदेखि टाढा
क्षितिजपारि विरानो ठाउँमा
तिम्रो अदृश्य रूपलाई
अन्तर हृदयमा नै भएनि
कल्पना गर्न मात्र पनि
विवश बनेको छु ।
