Skip to content

तिमीलाइ मार्ने दाउ छैन

जलिरहेछ मन मेरो कहाँ पोखुँ ठाउ छैन
गलिरहेछ शरीर तर ठम्याउने पाउ छैन

सँगालेर चोटहरू बाच्नु यहाँ गाह्रो भो
दुखिरहन्छ छाती तर देखाउने घाउ छैन

एकान्तमा सधै भरि कल्पनामै डुबेर म
कति कोरू प्रेम पत्र पाउनेको त नाउ छैन

मनको व्याथ लुकाएर मुटु भित्रै कसिराखे
त्यसैले नै तिमीसामु यी कथाका भाउ छैन

बाँचेको छु तड्पीएरै जिन्दगीको अन्तसम्म
मर्छु बरू विवश यसै तिमीलाई मार्ने दाउ छैन

1 thought on “तिमीलाइ मार्ने दाउ छैन”

  1. सँगालेर चोटहरू बाच्नु यहाँ
    सँगालेर चोटहरू बाच्नु यहाँ गाह्रो भो
    दुखिरहन्छ छाती तर देखाउने घाउ छैन

    yo sher chahi ati ramro lagyo hai hari ji
    sunil sangam

Leave a Reply

Your email address will not be published. Required fields are marked *