तिम्रो कहानीमा जादू छ
तिम्रो जवानीमा जादू छ ।
खै ! के मिलाई घोल्यौ कुन्नी
तिम्रो मिठो पानीमा जादू छ ।
साह्रै मिठा स्वप्ना देख्ने त्यो
न्यानो सिरानीमा जादू छ ।
चर्चा सबैले गर्दा रै’छन्
खेल्नॆ दिवानीमा जादू छ ।
देख्दै छु तिम्रो रङ्गिन् यात्रा
त्यस्तै कुराकानीमा जादू छ ।
मफ्ऊलु मफ्ऊलुन् मफ्ऊलुन् मफ्ऊलुन्
।ऽऽ॥ऽऽऽ ऽऽऽ ऽऽऽ रुक्नमा आधारित
भरतपुर- ४ नारायणगढ ।
