Skip to content

स्रष्टा अग्रजकै  म लेख्छु कविता सम्मानका खातिर
जो देखेँ  मनले नलेखुँ कसरी लेख्नै भएँ  आतुर ।
निम्ताको  सहजै स्विकार गरने साहित्य  संसारमा
बारम्बार  यहाँ सवार कविको हुन्थ्यो दिगो काममा ।

गोर्खे दाजु भए प्रसिद्ध सबमा जन्मी नुवाकोटमा
नित्यै चम्किरहोस् मुहार उनकॊ मुस्कान ती ओँठमा ।
शिक्षा-ज्ञान  दिने रमेर मनले बिद्वानको  साहस
एकै साथ बसेर सिक्न सजिलो होला समीपै  बस ॥

पाएँ सुन्दर हातवाट कविता कादम्वरी पुस्तक
पढ्दामा मन यो प्रफुल्ल रहने ताजा हुने सुन्दर ।
छन्दै पच्चिसमा सुसज्जित थिए विद्धान ती सर्जक
लोभिन्छन् सब नै विशाल ढुकुटी पछ्याउदै पाठक ॥

स्रष्टा अग्रजमा  अदम्य प्रतिभा देखेँ  बडा तै पनि
दिन्छन् मार्ग  बताइ शिष्यसुखमा रम्दै रहेका  उनी ।
वाणी मुग्ध  बनाउने नयनमा जादु लुकेको छडी
शिक्षा लोभ  बढुँ म भित्र सहजै सिक्ने इरादा धरी ॥

चूम्ने शिखर आँट जोश तगडा उत्साह वढ्दो हुनु
फ्याँकी सुन्दर भावपूर्ण रचना आत्मा सबैको  छुनु ।
श्रद्धाभाव  पवित्र बन्धुहरुमा सम्वन्ध  गाढा बनी
नानी लोचन भित्रका चहकिला बन्लान्  अवश्यै पनि ॥

बैरीसामु नझुक्नु उज्वल सदा उच्चै  रहोस् शीर त्यो
कैल्यै हार  कतै नहोस् विजय नै साथी बनोस् वीरको ।
लेखी अक्षर  स्वर्ण नाम जगमा चम्की  सधँै नै रहोस्
धर्तीमाझ  फुली रहुन् अमर भै सम्मान ज्यादा हओस् ॥

जिलिङ्ग-२ नुवाकोट

1 thought on “सम्मान”

  1. कती मिठो छन्द फेरी फेरी पदन
    कती मिठो छन्द फेरी फेरी पदन पाउँ……

Leave a Reply

Your email address will not be published. Required fields are marked *