Skip to content

चिरविर, चिरविर गर्दै गाउँछे
चरी आँगनीमा
चारा टिप्दा छर्छे विस्कुन
कहिले कुनाकुनीमा ।
भुर्र यता, भुर्र उता
गर्दै नाच्छे चरी
सधैँजसो लिइजान्छे
चारा चुच्चाभरि ।
गुँडमा गई बचेरालाई
खुवाउँछे आहारा
माउचरी बचेराको
हुन्छ ठूलो सहारा ।
माउ मरे मर्छन् सबै
साना-साना चरी
चारा खान बस्छन् गुँडमा
सधैँ आँ-आँ गरी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *