यसपाली पनि आएन भनी नरुनु तिहारमा,
जुरेन दिदी तिहारको टिका यसपाली निधारमा !
परदेशको ठाऊँ सकिन आउन बुझाउनु त्यो मन,
मिलेछ भने ल्याऔला ख़ुशी अर्कोसाल मुहारमा !
साँझमा टुकी बालेर दिदी कुर्दी हौ मूलबाटो,
आउनेछ भाइ लगाउछु टिका भनेर निधारमा !
लक्ष्मीको पूजा गरेर पनि साँझको बेलामा,
भाईको रक्षा गरिदेऊ भनी माग्दिहौ बरदान !
चाहना मैले नराख्या हैन यसपाली आउनलाई,
सकिन मैले ल्याउन ख़ुशी तिम्रो त्यों मुहारमा !!
आशांक उपाध्याय
नेपाल

i like it
i like it
so nice
so nice
नमस्कार! आशंका जी,
तिहारको
नमस्कार! आशंका जी,
तिहारको गित राम्रो ओकल्नु भएछ,
मलाई त राम्रो पो लाग्यो,
आशा छ,अर्को साल पनि यस्तै हेर्न पाउ,
रुन्न मत पर्खिंदा-पर्खिंदा मन नै ढुङ्गो भै सक्यो,
गर्दिन आशा भाई टिकाको मन नै बैरी भइसक्यो,
तर्दिना मत आसुको भेल कहियूउ सिसिर गइ सको,
मिना बान्तवा,
साच्चैं नै
मान्छेको मन समय
साच्चैं नै
मान्छेको मन समय संगै हुर्रिँदो रहेछ अनि कल्पना संगै बिलाउँदो रहेछ !
जब तिहारको मौसमले नेपालीलाई दोर्क्याउन थाल्यो अनि मेरो मनले पनि दिदीलाई नै बोलाउन लाग्यो र यसको अस्तित्व स्थापित हुन पुग्यो !
संगै अतिथि जी लाई धेरै धेरै धन्यवाद प्रसंशाको थुंगा दिनु भएकोमा !
र मिना जी लाई मुरी मुरी धन्यवाद, मितेरी जोड्नु भएकोमा !