Skip to content

सौन्दर्य पान गरेकाहरू  भन्छन कोमल फूल रहेछ जिन्दगी
जीवनसँग हारेकाहरू भन्छन इश्वरको भुल रहेछ जिन्दगी

मोज गर्नेहरू भन्छन सृष्टिको बरदान रहेछ जिन्दगी
बाह्रै मास काम गर्नेहरू भन्छन व्यर्थको श्रमदान रहेछ जिन्दगी

नव जोडीहरू भन्छन जिउदै पुगिने स्वर्ग रहेछ जिन्दगी
भुक्तभोगीहरू भन्छन नचाहेर पनि भोगिने नर्क रहेछ जिन्दगी

कर्मबीरहरू भन्छन शिर्जनाको पैमान रहेछ  जिन्दगी
युद्धबीरहरू भन्छन संघर्षको मैदान रहेछ  जिन्दगी

कुशल यात्रीहरू भन्छन सगरमाथाको शिर रहेछ जिन्दगी
असफल यात्रीहरू भन्छन चढ्न नसकिने भीर रहेछ जिन्दगी

आशाबादीहरू भन्छन कालोरात पछिको बिहान हो जिन्दगी
जसले जे भने पनि अन्त्यमा मरेपछिको चिहान हो जिन्दगी
 
विमल गौतम
  मोरंग
हाल साउदी अरेबिया

4 thoughts on “जिन्दगी”

  1. बिमल जी, जीन्दगी बयान राम्रो
    बिमल जी, जीन्दगी बयान राम्रो लाग्यो,
    जस मध्ये, I LIKE,

    आशाबादीहरू भन्छन कालोरात पछिको बिहान हो जिन्दगी
    जसले जे भने पनि अन्त्यमा मरेपछिको चिहान हो जिन्दगी

    मिना बान्तवा,

  2. बिमल जी,धन्यबाद यहाँको अर्को
    बिमल जी,धन्यबाद यहाँको अर्को जिन्दगीको
    अर्थले भरिपूर्ण कविता पढ्न पाउँदा खुशी लाग्यो।
    यहाँको कलम नरोकियोश भन्ने कामना गर्दछु।
    गीता थापा
    ईजरायल

  3. “आशाबादीहरू भन्छन कालोरात
    “आशाबादीहरू भन्छन कालोरात पछिको बिहान हो जिन्दगी
    जसले जे भने पनि अन्त्यमा मरेपछिको चिहान हो जिन्दगी”

    साच्चैं नै यो चैं मैले पनि छाने,
    अनि जिन्दगीको वास्तविकतालाई नजिकै बाट एकपटक फेरी नियाल्ने चाँजो मिलाइदिनु भएकोमा बिमल जी प्रति आभार प्रकट गर्दछु !
    र यस्तै यस्तै शब्दको भकारी पल्टाउने आशा गर्दछु बिमल जी संग ………….

  4. सौन्दर्य पान गरेकाहरू भन्छन
    सौन्दर्य पान गरेकाहरू भन्छन कोमल फूल रहेछ जिन्दगी
    जीवनसँग हारेकाहरू भन्छन इश्वरको भुल रहेछ जिन्दगी

    waa gajab chha bimal jee, yasai gari lhedai janu holaa, jindagiko paribhaasaa dina khjnu bhaeko maa khusi laagyo, chaahe je hos jindagi sabaile aa-aafno nai tarika chha jiune jindagi,,,

    keep it up.

    Bantawa Bj

Leave a Reply

Your email address will not be published. Required fields are marked *