Skip to content

जुनेली रात पाएँ

  • by

फूल उपहार दिने आज हात पाएँ
संसार मलाई सून्य लाग्थ्यो जुनेली रात पाएँ ॥
 
मान्छे बन्ने  लक्ष मेरो डर थियो रोकिन्छ कि
तर अब निडर छु  फेरीि मैले साथ पाएँ  ॥

पलाँश जस्तो लाग्थ्यो जीवन आज थोरै भिन्न लाग्यो
धेरै पछि मन छुने गहिरा गहिरा बात पाएँ  ॥

बैशाखीको खाँचो थियो लर्यांग् तर्यांग्  गर्न पनि
धेरैपछि उमंगको अलिकति मात पाएँ  ॥

नेपाली पन नेपाली तन छोरी उनी नेपालकी
खाँचो थियो मायाको त्यही मायाको जात पाएँ

पृथ्बीनारायण नगरपालिका -१० गोरखा
हाल – नबोदित साहित्यिक वाचनालय दोहा कतार

Leave a Reply

Your email address will not be published. Required fields are marked *